अभिनेत्री करिश्मा मानन्धरले गरिन् एमाले त्यागेको घोषणा

अभिनेत्री करिश्मा मानन्धरले गरिन् एमाले त्यागेको घोषणा

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले आफू (नेकपा) एमाले त्यागेको घोषणा गरेकी छन् ।

उनले फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् । करिश्मा केही वर्षअघि देखि एमाले पार्टीमा प्रवेश गरी शक्रिय कार्यकर्ताको रुपमा आफुलाई प्रस्तुत गर्दै आएकी थिइन् ।

सोमबार जेन–जीको प्रदर्शनमा प्रहरीले दमन गरेर १९ जनाभन्दा बढीको हत्या भएपछि उनले यस्तो धराणा आएको हो ।

मानव भएर जन्मिएको नाताले,
मानवता नै मेरो पहिलो प्राथमिकता हो ।
न्याय मेरो पहिलो प्राथमिकता हो ।
आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो ।
र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।
अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।
म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु । उनले लेखेकी छन्

Logo