नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कार्यभार सम्हालेकामा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन् ।

एक्समा उनले लेखेका छन‍्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”

Logo