महामन्त्रीलक्षित प्रवक्ता महतको आक्रोश- सभापतिको उपचार पूरा हुँदासम्म पर्खंदा आकाश नै झरिहाल्छ ?

महामन्त्रीलक्षित प्रवक्ता महतको आक्रोश- सभापतिको उपचार पूरा हुँदासम्म पर्खंदा आकाश नै झरिहाल्छ ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।

आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।
अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे ।

उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएका साथीहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । उहाँहरुका बोली, बचन, वक्तव्य, र उहाँहरुको उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले पनि भनेका थियौं, कतिपय कुराहरु ठिक भइरहेको छैन । जुन सोच र शैली ओलीजीले देखाइरहनुभएको छ त्यसले ठिक बाटोमा अघि बढ्दैन भन्नेमा थियौं । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै हुँदैन, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

त्यस्तै, उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको बेला जिम्मेवार नेताहरु संवेदनशील हुन नसक्नु दुर्भाग्य रहेको धारणा राखे । नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गरेर सुधार गर्नुपर्ने पक्षहरु सुधार गरेर आगामी बढ्ने उनको भनाइ छ ।

Logo