नेकपा अनुशासित छः प्रधानमन्त्री ओली

नेकपा अनुशासित छः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् ।

शुक्रबार काठमाडौँ महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको बताए । नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको उनको दावी छ ।

प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी बिजय यात्रामा अघि बढेको उनको भनाई छ ।

Logo