काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर पुगेका छन्।
दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए। विमानस्थल बाट बाहिरिने क्रममा पनि उनले भिआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे।
विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजाल लगायत उद्योगी–व्यवसायीले मन्त्री खनाल लाई स्वागत गरेका थिए।
खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको भवन निरीक्षण गरे। उनले अर्थमन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने समेत बताएका छन्।
उनले २३ भदौमा सुनसरीको इटहरीमा जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका मोरङको बुढीगंगा–७ का सान्तनु ढकाललाई पनि मन्त्री खनालले विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटल, बुढीगंगा–२ पुगेर भेट समेत गरेका छन्।उनले ढकालको स्वास्थ्य अवस्था बारे जानकारी लिएर शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन्।
अस्पतालले ढकाललाई निःशुल्क उपचार प्रदान भइरहेको जनाएकोछ। खनालले घटनाको गहिरो अनुसन्धान भइरहेको पनि बताएका छन्।खनाल विराटनगरका उद्योगी व्यवसायीसंग समेत अन्तरक्रियामा सहभागि हुने जनाइएको छ।





























प्रतिक्रिया