कुहिएका नेताहरु नफालेसम्म ठुलो परिवर्तन सम्भव छैन -महावीर पुन

कुहिएका नेताहरु नफालेसम्म ठुलो परिवर्तन सम्भव छैन -महावीर पुन

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा ठूलो परिवर्तन ल्याउनका लागि ‘कुहिएका’ नेताहरूलाई राजनीतिबाट हटाउनुपर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै मन्त्री पुनले अबको चुनावमा युवा, नैतिकवान् र दृढ सङ्कल्प भएका प्रतिनिधिहरूलाई जिताउन सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका हुन्।

उनको भनाइअनुसार, नेपालमा सुशासन स्थापना गर्न, भ्रष्टाचारलाई न्यूनीकरण गर्न, आर्थिक समृद्धि हासिल गर्न, विदेशी हस्तक्षेपलाई रोक्न र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था ल्याउनका लागि अबको चुनावमा युवा प्रतिनिधिहरूको अत्यधिक बहुमतको सरकार बन्नु आवश्यक छ।

‘भ्रष्टाचारलाई सके सम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, बिदेशीहरुले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पुर्ण नेपालीहरुले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जन प्रतिनिधिहरु छान्न कत्ति पनि झै-झगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु। कुहिएका नेताहरु फालेर स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार नबनाए सम्म ठुलो परिवर्तन सम्भव छैन ।’ उनले भनेका छन् ।

Logo