सभापति बिना कांग्रेसको पदाधिकारी बैठक सानेपामा जारी

सभापति बिना कांग्रेसको पदाधिकारी बैठक सानेपामा जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा जारी रहेको छ । बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित छन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।

सभापति देउवा २६ असोजको केन्द्रीय समिति बैठक सुरू गर्न भने केन्द्रीय कार्यालय सानेपा पुग्ने नेताहरूले बताएका छन्।बैठकमा हालका राजनीतिक घटनाक्रम, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल गरिने बताइएको छ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भदौ २४ गते निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण र घरमा आगजनी गरेका थिए।

त्यसपछि ३० दिनदेखि सभापति देउवा सार्वजनिक रूपमा देखिएका छैनन्। काठमाडौंमा घर भाडामा लिएर बस्न थालेका छन् भने आफूनिकट पदाधिकारीहरूलाई भौतिक रूपमा र केन्द्रीय सदस्यहरूलाई फोनमा कुराकानी गर्ने गरेका कांग्रेसले बताएको छ ।

Logo