रास्वपाले देशभर सद्भाव यात्रा गर्ने

रास्वपाले देशभर सद्भाव यात्रा गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रा गर्ने भएको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ । समाजमा अहिले द्धन्द्ध छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ । प्रवक्ता झा ले बताए ।

प्रवक्त झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उदेश्य भनेको मानिसहरूमा एक अर्कोबीच सद्भाव नखलबिलयोस् भनेर हो ।’

Logo