सरकारसँग राणा पनि रुष्ट (भिडियो सहित)

सरकारसँग राणा पनि रुष्ट (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार बहुमतको आडमा अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष राणाले गृहमन्त्री रामबहादुर थापाले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अधिनायकवादी भनेकोमा आपत्ति समेत जनाउनु भयो । गृहमन्त्री थापाले बुधबार प्रतिनिधिसभा बैठकमा वरिष्ठ चिकित्सक केसीलाई अधिनायकवादीको आरोप लगाउनु भएको थियो । गृहमन्त्री थापाको सो अभिव्यक्तिले सरकार तानाशाही भएको पुष्टि भएको अध्यक्ष राणाको तर्क छ । उहाँले जनताको पक्षमा समर्पणभावका साथ अघि बढने वरिष्ठ चिकित्सक केसी कसरी अधिनायकवादी भए भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । बिहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकरण गरिरहेको आरोप पनि लगाउनु भयो ।

अध्यक्ष राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । हेर्नुहोस् भिडियोमा –

Logo