पार्टीमा पूर्वराष्ट्रपति भण्डारीमाथि अपमान भए कडा प्रतिवाद हुने कृष्णबहादुर राईको चेतावनी

पार्टीमा पूर्वराष्ट्रपति भण्डारीमाथि अपमान भए कडा प्रतिवाद हुने कृष्णबहादुर राईको चेतावनी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कृष्णबहादुर राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्बाध रुपमा पार्टी राजनीतिमा आउन दिनुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले भण्डारीमाथि अपमान भएका खण्डमा कडा प्रतिवाद हुने चेतावनी दिए।

राईले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा अगाढी बढ्ने वा पार्टीले अंगीकार गर्ने हो भने पहिले सबैदलहरु विचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

सबै दलहरूसँग छलफल गर्न गोलमेच सम्मेलन गर्नुपर्ने र त्यसपछि मात्रै दलहरूको साथ मिलेका खण्डमा प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा अघि बढ्नुपर्ने बताए। अहिले सडकबाट मुद्दा स्थापित गर्ने अबस्था नभएको भन्दै उनले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दलहरुसंग छलफल गर्नुपर्ने धारणा व्यक्त गरे ।

Logo