डा. सीके राउतलाई राहत, जनमत फुटाउने निर्णयमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

डा. सीके राउतलाई राहत, जनमत फुटाउने निर्णयमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा)दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

जनमतका अध्यक्ष डा. सीके राउतले हालेको रिटमा सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । विपक्षीका नाममा लिखित जवाफसहित आगामी कात्तिक १७ गतेका लागि उपस्थित हुन आदेश जारी भएको छ ।

Logo