गुटबन्दी अन्त्य गरी अब कांग्रेसमा विचारको दुकान खोल्नुपर्छ -नेता चन्द्र भण्डारी

गुटबन्दी अन्त्य गरी अब कांग्रेसमा विचारको दुकान खोल्नुपर्छ -नेता चन्द्र भण्डारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी विचार र सिद्धान्तलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन‍् ।

महाधिवेशनको संघारमा उनले पार्टीलाई पुरानो मापदण्ड र गुटको प्रभावबाट मुक्त गर्दै नयाँ नेतृत्व र स्पष्ट विचारका साथ अगाडि बढ्न आह्वान गरेका हुन् । सामाजिक सञ्जालमार्फत नेता भण्डारीले भनेका छन्, “अब महाधिवेशनमा जानु पर्दछ, विगतका मापदण्ड बदल्नु पर्दछ। गुटका दुकान बन्द गर्दै, विचारका दुकान खोल्नु पर्दछ!”

उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि स्पष्ट पारेका छन् । नेतृत्वलाई अब आफ्नै क्षमता र कार्यशैलीको कसीमा (परीक्षणमा) उत्रन चुनौती दिँदै उनले पार्टीको अवस्था सुधार्न ढिला गर्न नहुने बताए ।

“नाटक अब चल्दैन। नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन, खरानी हात परेको छ, सफा अब गर्नै पर्दछ!”

Logo