माओवादी केन्द्रसँग पार्टी एकता त के कार्यगत एकता पनि हुन्न : महासचिव गजुरेल

माओवादी केन्द्रसँग पार्टी एकता त के कार्यगत एकता पनि हुन्न : महासचिव गजुरेल

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवको जिम्मेवारी पाएका सीपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता त के कार्यगत एकता पनि हुन नसक्ने बताएका छन् ।

महासचिवको जिम्मेबारी प्राप्त गरेको लगत्तै सञ्चारकर्मीको प्रश्नमा उनले देशभक्त विभिन्न चारवटा ग्रुपसँग कार्यगत एकता गरिसकेको र अन्य देशभक्त क्रान्तिकारीहरूसँग कार्यगत एकता र मोर्चाबन्दी गरेर अगाडी बढ्ने बताए । जेनजी आन्दोलनपछि देशमा संकट बढेर गएको र देशनै नरहने स्थिती आएको भन्दै उनले राष्ट्रियता रक्षाका लागि देशभक्त, क्रान्तिकारी दल,मोर्चाहरु सबै मिलेर आन्दोलनमा जाने निर्णय गरेको समेत बताए ।

यो सरकारले राष्ट्रियको रक्षा र जनजीविकाको सवालमा कुनै नयाँ कुरा गर्न नसक्ने बताउँदै गजुरेलले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर अर्को विकल्पमा देशभक्त क्रान्तिकारीहरूको सरकार बनाउनुपर्ने धारणा व्यक्त गरे ।

Logo