यी हुन् सरकार र राजनीतिक दलसँग संवादमा सहभागी भएका जेनजी प्रतिनिधि

यी हुन् सरकार र राजनीतिक दलसँग संवादमा सहभागी भएका जेनजी प्रतिनिधि

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिसहितको सहभागितामा बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने बताइएको छ । जेनजी प्रतिनिधिहरुमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव,सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल,अमीत खनाल र राजन रानामगर रहेकाे प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहेका छन् ।

Logo