डाक्टर निकोलस भुसाल लाई रुपन्देही प्रवेशमा रोक लगाउन युवा संघको माग

डाक्टर निकोलस भुसाल लाई रुपन्देही प्रवेशमा रोक लगाउन युवा संघको माग

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेकपा (एमाले) निकट युवा संघ नेपाल रुपन्देहीले डा. कमल भूसाल (निकोलस) लाई रुपन्देही प्रवेशमा निषेध गर्ने चेतावनी दिएको छ ।

संगठनले भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको घरमा आगो लगाउने र घेराबन्दी गर्ने जस्ता हिंसात्मक बयान दिएको भन्दै तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेको छ । आइतबार बसेको बैठकले यो निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले बताए ।

‘प्रहरीले कारबाही नगरे हामीले नै रोक लगाउँछौं,’ कुमालले भने । सैनामैनामा बसोबास गर्ने भूसालका क्रियाकलापलाई प्रहरीले निगरानीमा राखेको छ । इन्चार्ज केशव रोक्काले विखण्डनकारी र समाज भड्काउने अभिव्यक्तिका लागि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

डाक्टर भुसाल सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले बेलाबेलामा माईतीघर मण्डलमा सरकार र राज्यसत्ता र व्यतिथीका विरुद्ध सडकबाट आवाज उठाउँदै आईरहेका छन् ।

Logo