नेकपामा विलय हुदै भिम रावलको मातृभूमि जागरण अभियान

नेकपामा विलय हुदै भिम रावलको मातृभूमि जागरण अभियान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय हुने भएका छन् । बुधबार नेकपाले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको वृहत पार्टी समायोजन कार्यक्रम मार्फत उनी नेकपामा समाहित हुने भएका हुन् । उनी सँगै उनको मातृभूमि जागरण अभियान पनि विलय हुने छ।

आइतबार नेकपाका नेताहरूसँग रावलले लामो समय वार्ता गरेका थिए । उक्त वार्ता र छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए । नेकपा एमालेमा रहेर लामो समय राजनीति गरेका रावल एमालेबाटनै निष्कासनमा परेका थिए । त्यसपछी नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आइरहेका थिए ।

एमालेले रावललाई निष्कासन गर्दा पार्टी अनुशासन उल्लंघनलाई कारण मानेको थियो। अब उनको नेकपामा प्रवेशले एमालेको पुराना नेताहरू फर्काऊ अभियानलाई झन् कमजोर बनाउँनेछ। रावलले वाम प्रजातान्त्रिक नेताहरू समेटेर नयाँ गठबन्धन बनाउने सोचेका थिए, तर नेकपामा विलयले यो योजना परिवर्तन भएको देखिन्छ ।

एमालेले पुराना नेताहरूलाई आँफ्नै घर फर्कन आह्वान गरेका बेला रावल लगायतका दर्जनौ पुर्व एमालेहरु नेकपामा समाहित हुन लागेका रावलको सचिवालयले जनाएको छ । नेकपामा रावलको इन्ट्रीलाई महत्वका साथ हेरिएको छ । रावलको पश्चिम नेपाल र युवा समर्थकहरू थपेर पार्टी बलियो बनाउने तयारीमा नेकपा छ ।

नेकपा हाल १० दलको एकीकरणमा छ, र यो कदमले थप विस्तार हुन्छ। एमाले फर्कने ढोका बन्द भएपनि रावल लाई यो नयाँ अवसर रहेको छ । नेकपामा उनको सामेलले संयुक्त बाम एकता प्रकृया लाई राम्रो गरेपनि दीर्घकालमा नेकपा एमाले र माओवादी केन्द्रसँग विगतमा भएको एकता भङ्गको श्रृङ्खला नदोहोरिएला भन्न सक्ने स्थिति भने नरहेको राजनैतीक विश्लेषकहरु बताउँछन् ।

रावलले नयाँ पार्टी खोल्ने तयारी गर्दा गैरकम्युनिस्ट दल बनाउने चर्चा चलेको थियो। तर, अब नेकपामा जोडिनुले उनको कम्युनिस्ट लाइन नै कायम रहने संकेत गर्छ। रावलले माधव नेपालको निम्तो अस्वीकार गर्दै आफ्नो विचारहरू प्रस्ट पार्न चाहन्थे, जुन अब पूरा हुन लागेको छ। यो कदमले नेकपा एकीकृत समाजवादी (माधव समूह) सँगको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्न सक्ने आँकलन गर्न सकिन्छ ।

Logo