काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।
हालका महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गतेदेखि प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका कार्कीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
महानिरीक्षकको दौडमा राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाह रहेका थिए । तर पहिलो वरियतामा रहेका कार्कीलाई सरकारले नियुक्त गरेको हो । कार्की अहिलेसम्म बेदागे र कुनै दलसँग निकट नभएका व्यक्ति हुन्। अध्ययनशील भएकै कारण राष्ट्रसंघमा राम्रो भूमिका निर्वाह गरेका उनी अहिले भएका एआईजीपीहरूमा अधिक नम्बर लिएर अग्रस्थानमा पनि छन्।
गुल्मीको पहाडी गाउँमा जन्मिएका कार्की सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेका व्यक्ति हुन्। उनी सधैं जिम्मेवारी, मिहिनेत र अनुशासनमा विश्वास गर्थे।





























प्रतिक्रिया