काठमाडौं । सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । साथै उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने ।”






























प्रतिक्रिया