जेन जी र नेपाली कम्युनिष्ट पार्टीका मुद्दा समान छन् : प्रचण्ड

जेन जी र नेपाली कम्युनिष्ट पार्टीका मुद्दा समान छन् : प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

निर्मल पौडेल, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलन र युवा पुस्ताले लिएको इनिसियटिभले देश दुनियाभरका नेपालीलाई राम्रैसँग झकझकाएको बताएका छन् । शनिवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित जेन जी हरु संगको अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रम लाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । एक हजार भन्दा बढी जेन जी हरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै प्रचण्डले जेन जी आन्दोलनले नयाँ परिस्थिती र नयाँ चेतना दिएर अगाडी बढ्न उत्प्रेरित गरेको भन्दै नयाँ बाटोमा लैजान प्रेरित गरेको बताए ।

नयाँ सपनाको जिम्मेवारी युवाहरुलाई सुम्पिने र युवाहरुलाईनै संगठनात्मक वैचारिक रुपले नेताका रुपमा जिम्मेवारी दिएर अगाडी बढाउने बताए । यस्तै प्रचण्डले क्रान्तिकारीहरु बाटनै देशले निकास पाउने भन्दै परिवर्तनकारी शक्तिहरु एक हुनुको विकल्प नभएको उल्लेख गरे । युवाहरुका मागहरु नेपाली कम्युनिष्ट पार्टीले माात्र संवोधन गर्न सक्ने भन्दै उनले देशका लाखौँ युवाहरु पार्टीमा जोडिन चाएको बताए । जेनजी आन्दोलनले नेपालमा भ्रष्टाचारविरुद्धको युवा विद्रोहको लहर ल्याएपछि वामपन्थी दलहरूबीच एकताको गति तीव्र भएको उल्लेख गर्दै सवै बाम शक्तिहरु लाई नेपाली कम्युनिष्ट पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।

उनले जेन जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । जेन जी आन्दोलनका पुर्व सन्ध्यामानै आँफुले जेन जी युवाले उठाएका माग सही छन्, आन्दोलनको उद्देश्य सही छ ,सरकारले बल प्रयोग नगरोस भनेदेखी आजसम्म आउँदा जेन जी र नेपाली कम्युनिष्ट पार्टीका मागमा समानता भएको प्रचण्डको भनाई छ । विगतमा भएका गल्ति कमजोरी स्वीकार गर्दै आत्मासमिक्षा गर्ने युवाहरुको स्प्रिड अनुसार, भावना अनुसार आँफैलाई बदलेर नयाँ ढङ्गले नेपाल निर्माण गर्ने एउटा संकल्प लिने परिस्थिति युवाहरुले पैदा गरिदियो प्रचण्डले बताए ।

आँफु १६ बर्षमा पार्टीमा लागेको स्मरण गराउँदै २७ बर्षको उमेरमा युवक संघको अध्यक्ष भएर अगाडी बढेको र ३५ वर्षमै पार्टीको प्रमुख जिम्मेवारी सम्हालेको र युवाहरु लाई लिएर जनयुद्द गरेको बताए । जनयुद्द र जनआन्दोलन बाट निरंकुश शासन फालेर देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी संविधान सभा मार्फत संविधान निर्माण, राष्टिय स्वाधिनता ,अखण्डता, सार्वभौमिकता लगायतका मुद्दाहरु स्थापित गरेर देशलाई शुसासन तर्फ अगाडी बढाएको बताए ।

नेपालबाट सामाजिक उत्पिडनको अन्त्य गर्ने त्यतिवेला देखेको सपना बैदेशिक हस्तक्षेपको अन्त्य गरी जनताको गणतन्त्र नेपाल निर्माण गर्ने काम गरेको सुनाए । आदिवासी, जनजाती, महिला ,दलित, थारु, मुस्लीम, मधेसी लगायत सवै उत्पिडीत समुदायले समावेशीताको अनुभुती गरेको सुनाए । यस्तै प्रचण्डले आँफु सरकारमा हुँदा होस या सडकमा हुँदा होस भ्रष्टाचारको अन्य गरी देशलाई सुशासनको मार्गमा अगाडी बढाउन निरन्तर लागिपरेको उल्लेख गदै जेन जी र आँफुहरुका मागहरु समान रहेको दोहोराए ।

Logo