प्रचण्डलाई मनपर्ने हिरोइन काठमाडौंमा (भिडियोमा)

प्रचण्डलाई मनपर्ने हिरोइन काठमाडौंमा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धताका एउटा भारतीय पत्रिकालाई अन्तर्वार्ताको क्रममा भनेका थिए – ‘मलाई मन पर्ने हिरोइन करिष्मा हुन् ।’ उसवेला यस प्रसंगले धेरै नै चर्चा पनि पायो । क्रान्तिकारी पार्टीको कमाण्डरले बुर्जुवा हिरोइनको नाम लिएपछि चर्चा नहुने पनि कुरा थिएन । उनको कुरा काट्नेहरु पनि प्रसस्तै थिए ।

तर, प्रचण्डलाई मन पर्ने त्यो हिरोइन करिष्मा मानन्धर हो कि बलिउडकी करिष्मा कपुर ? भन्ने विषयमा भने लामो समय दुविधा नै रह्यो । किनभने प्रचण्डले हिरोइनको नाम लिंदा थर खुलाएका थिएनन् । त्यसकारण नेपालकी करिष्मावाट भटाभट रियाक्सन अन्तर्वार्ता आउन थाल्यो, पत्रपत्रिका र टेलिभिजनहरुमा समेत । उनले हर्ष बढाई जारी राखिन् । तर भुमिगत जीवन त्यागेर खुला भएपछि भने प्रचण्डले साथीभाइ माझ थर खुलाई दिए । उनले अनौपचारिक रुपमा नै सही बलिउडकी करिष्मा आफूलाई मन पर्ने हिरोइन भएको स्वीकारिदिए ।

जव माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति नामक पार्टी खोले र त्यस पार्टीमा करिष्मा मानन्धरलाई नेता बनाइयो, तव प्रचण्डले मञ्चवाटै मुख खोले । भनिदिए – ‘देख्नुभयो, करिष्मा मन पर्ने कस्लाई रहेछ ?’ उनले अरु पनि धेरै बोले । तर नेपाली करिष्मा आफूलाई मन पर्ने होइन भन्ने जनाऊ चाहिं दिए नै ।

भारतीय पत्रिकासँगको कुराकानीमा प्रचण्डले नाम लिएको हुनाले उनी बलिउडकी करिष्मा हुन् भन्ने प्रष्ट हुन्छ भनेर लख काट्नेहरु उतिवेला पनि प्रसस्तै थिए । अन्तत बलिउडकै करिष्मा प्रचण्डकी मन पर्ने हिरोइन सिद्ध भएको छ । र, यतिवेला ती हिरोइन काठमाडौंमा छिन् । र, उनी केही घण्टा काठमाडौं बसेर भारत फर्किएकीछिन् ।

करिष्मा मेरिगोल्ड नामक ज्वेलर्शको दरबारमार्गमा स्थापना भएको शाखा उद्घाटन गर्न काठमाडौं आएकि हुन् । उनले सगरमाथाको देश नेपाल आफूलाई मन पर्ने भन्दै उद्घाटन भाषण गरिन् । उनलाई यो प्रचण्डको पनि देश हो भन्ने जानकारी होला वा नहोला ? वा आफूलाई मन पर्ने बलिउड हिरोइन आफ्नै नगरमा आएको जानकारी प्रचण्डलाई पनि होला वा नहोला ? मन पर्ने देशको एउटा भयंकर ब्यक्तित्व आफ्नो फ्यान भन्ने जानकारी करिष्माले पाएको खण्डमा चाहिं अर्को भ्रमणमा प्रचण्ड–करिष्मा भेट हुन सक्छ । स्मरण रहोस् करिष्मा १५ बर्ष पछि नेपाल आएकि हुन् ।

 

Logo