बालुवाटार पुगेर वामदेवले ओलीलाई भने- ‘तपाई सच्चिए मात्रै समस्या समाधान हुन्छ’

बालुवाटार पुगेर वामदेवले ओलीलाई भने- ‘तपाई सच्चिए मात्रै समस्या समाधान हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिएका छन् ।

आइतबार बिहान बालुवाटारमा अध्यक्ष ओलीसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गाली गरेर समस्याको समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सुझाव दिएका हुन्।

छलफलमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेका छन्। ‘तपाई सच्चिए मात्रै पार्टीमा अहिले देखिएको सबै समस्या समाधान भएर जान्छ,’ गौतमको भनाई उधृत गर्दै गौतमका प्रेस सल्लाहाकार विश्वमणि सुवेदीले भने।’

अहिले आएको राजनीतिक प्रस्ताव पनि पाँचै नेताहरुको सहमतिमा आएको उनले बताएका छन् । गौतमले दुई अध्यक्ष वा अन्य नेताहरुबीच सहमति भएर अहिलेको समस्या समाधान नहुने भन्दै पार्टी कमिटीका बैठकमै छलफल गरेर त्यहीबाट निकास निकाल्नु पर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षीय नेताहरूको भनाइ रहँदै आएको छ।

Logo