काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी महाधिवेशनमा पुराना नेताहरू मात्र दोहोरिने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
केन्द्रविन्दु टेलिभिजनलाई दिएको विशेष अन्तरवार्तामा गुरुङले भने, “केपी ओली पनि मान्छे हुन्, भगवान् होइनन् । कतै गल्ती–कमजोरी भए सच्च्याच्चै सच्च्याएर अघि बढ्छौं। महाधिवेशनमा सबै पुरानै अनुहार रहन्छन् भने कुरा मिल्दैन, केही नयाँ मान्छे ल्याउनैपर्छ ।”
उनको यो भनाइलाई पार्टीभित्रैबाट पार्टी नवीकरण र पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ । एमालेको आसन्न दशौं महाधिवेशनमा नेतृत्व र संगठनात्मक संरचनामा महत्त्वपूर्ण परिवर्तन हुने सम्भावना बलियो बनेको छ ।































प्रतिक्रिया