एमालेको केन्द्रीय सदस्यमा सुनिता डङ्गोलले उम्मेदवारी दिने

एमालेको केन्द्रीय सदस्यमा सुनिता डङ्गोलले उम्मेदवारी दिने

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्य पदकी उम्मेदवार बन्ने भएकी छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेकी हुन् । उपत्यका विशेष कमिटी अन्तर्गत महिला कोटाबाट उनले उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।

युवा पुस्तामाझ लोकप्रिय र सक्रिय नेतृका रूपमा परिचित डंगोल पछिल्लो समय पार्टी राजनीतिमा उदाउँदै गएकी नेतृ हुन् । काठमाडौँ महानगरपालिकाको उपमेयरको जिम्मेवारी सम्हाल्दै उनले स्थानीय तहमा सुशासन, सम्पदा संरक्षण, महिला सशक्तीकरण र युवा सहभागिताका विषयमा निरन्तर काम गर्दै आएकी छन्। यही सक्रियता र संगठनात्मक योगदानका कारण पार्टी नेतृत्वले उनलाई केन्द्रीय नेतृत्वमा अघि सारेको बताइएको छ ।

महिला कोटाबाट नै महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि केन्द्रीय सदस्य पदकी उम्मेदवार बनेकी छन्। उनी लामो समयदेखि पार्टीको संगठन निर्माणमा सक्रिय रहँदै आएकी नेतृ हुन्। त्यसैगरी, बिना श्रेष्ठ पनि ओली प्यानलबाटै महिला कोटामा उम्मेदवार बनेकी छन्। यसले महिला नेतृत्वलाई पार्टीको केन्द्रमा थप मजबुत बनाउने संकेत गरेको छ ।

महाधिवेशनलाई एमालेको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अध्यक्ष ओली पक्षले अनुभव र नयाँ पुस्ताको संयोजनमार्फत बलियो केन्द्रीय समिति निर्माण गर्ने रणनीति लिएको बताइन्छ।

Skip This
Skip This
Logo