इलाम १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ खनाल सिफारिस

इलाम १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ खनाल सिफारिस

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी इलामले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सिफारिस गरेको छ। फिक्कलमा शुक्रबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो।

पार्टीले खनाललाई इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ र समानुपातिकतर्फ खस आर्य समूहबाट अघि सारेको छ। खनालसँगै इलाम–१ मा खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेल पनि प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्।

इलाम–२ बाट ओम गुरुङसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टरबाट समेत उम्मेदवारको नामावली तय गरिएको छ।

यसैगरी पार्टीले राष्ट्रियसभा सदस्यका लागि पनि खस आर्य, दलित र महिला समूहबाट उम्मेदवार सिफारिस गरेको जनाएको छ।

Logo