पोखरा । उर्जा जलस्रोत तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताका छन् ।
पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडककाे उद्घाटन गर्दै उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन सक्ने हिसाबले कार्यान्वयनमा विशेष जोड दिएर अगाडी बढेका छौं, पोलिसि र नीतिगत रुपमा गर्नुपर्ने कामलाई ध्यान दिएका छाैँ , यो सरकारको मुख्य काम भनेको चुनावै हो, फागुन २१ गते चुनाव गर्ने काम मुख्य काम हो, फागुन २१ को चुनावलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ फागुन २१ मा चुनाव हुनुपर्छ ।’
मन्त्री घिसिङले फागुन २१ मा चुनाव नभए देश अस्थिरतामा धकेलिने बताउँदै अबको चुनावमा सही व्यक्ति चुन्न समेत आग्रह गरे । ‘यो चुनावले देशलाई स्थायित्वतर्फ लैजानेछ, यदि चुनाव भएन अस्थिरतामा जानेछ, त्यसैले हामी चुनावमा जानुपर्छ, चुनाव पछिको सरकार कस्तो आउने भन्ने चाहिँ महत्वपूर्ण हो, उनले भने, ‘आम जनसमुदायले चुनावबाट देशको नेतृत्व सही व्यक्तिले गर्ने गरी चुन्नुपर्छ, चुनिनुपर्छ, त्यसैले चुनाव अहिलेको अभियान महाअभियान हो, एउटा परिवर्तनको संघारमा हामी छौं, यो परिवर्तनको संघारमा चुनावलाई प्राथमिकता दिएर संसदमा सही व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी तपाईहरुले चुन्नुहोला भन्ने म विशेष आग्रह गर्दछु ।’





























प्रतिक्रिया