काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका बालेन बालेन्द्र शाहलाई आगामी निर्वाचनमा हार चखाउने भन्दै कडा चुनौती दिएका छन्।
मेयर साम्पाङले बालेन लक्षित आक्रोश पोख्दै उनलाई चुनावमा पराजित गर्ने उद्घोष गरेका हुन्। उनले भनेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ! जहाँबाट उम्मेद्वारी दिन्छ, त्यहीँ हामी हराउनेछौँ।”
‘जेन-जी’आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई साम्पाङ बालेनसँग असन्तुष्ट देखिएका छन्। उनले बालेनलाई ‘सङ्कटको बेला लुकेको’ र ‘मिडिया ट्रायल’ मात्र गरेको आरोप लगाउँदै आएका छन्।





























प्रतिक्रिया