काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन साह र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एउटै दल भएर निर्वाचनमा जाने भएका छन्।
जेनजी अगुवा सुदन गुरुङकै पहलमा सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछानेबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएका हुन् । सामाजिक सञ्जालमार्फत गुरुङले भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’





























प्रतिक्रिया