विवादको उत्कर्षमा काँग्रेस : देउवाले भने– ‘पार्टी विभाजन नहोस्’

विवादको उत्कर्षमा काँग्रेस : देउवाले भने– ‘पार्टी विभाजन नहोस्’

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। नेपाली कांग्रेस अहिले निर्वाचनअगावै महाधिवेशन र पार्टी विवादको जटिल मोडमा पुगेको छ। संस्थापनपक्षीय २५ केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेर विवाद समाधान र पार्टी एकता कायम राख्न ध्यानाकर्षण गराएका छन्। सभापति देउवाले भने “पार्टी विभाजन नहोस्, मिलेर अगाडि जाऔं।”

केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा केही सदस्यहरूले निर्वाचनअघि नियमित महाधिवेशन हुनुपर्ने माग गर्दै दबाब दिएका थिए । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सभापति देउवासँग पार्टीलाई निकास दिन र विभाजनतर्फ जान नदिन आग्रह गरेको बताइन् । संग्रौलाले भनिन्, “पहिला पनि चुनाव पछि र चुनाव अघि महाधिवेशन गर्ने भन्ने विषयमा भूमिका निभाएका थियौं। अहिले पनि त्यही भूमिका निभाइरहेका छौं।”

पार्टीमा विवादको पृष्ठभूमि यस प्रकार छः १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित अधिवेशन स्थगन गरेका थिए । यसपछि पक्षधर समूहले २७ पुसका लागि विशेष महाधिवेशनको तयारी थालेको छ र भृकुटीमण्डप बुक गरिसकेको छ ।

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरेपछि, कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

पार्टीमा अहिलेको विवाद निर्वाचन र महाधिवेशनको तालमेलको असमंजसले उत्पन्न भएको देखिएको छ । सभापति देउवाले पार्टी एकताको पक्षमा स्पष्ट स्थिती जनाएकोले संस्थापन र विपक्षी पक्षबीच सन्तुलन कायम गर्ने प्रयास भएको एक नेताले बताए ।

Logo