काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्कासहित नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् ।
संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्का र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ रास्वपा प्रवेश गरेका हुन् । नयाँबजारमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।
खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेको थियो ।





























प्रतिक्रिया