काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।
पौष १४ गते रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका निर्वाचन आयोगमा बुझाएको थियो । समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि आज उम्मेदवारी फिर्ता लिने घोषणा गरेसंगै यो नाम फिर्ता लिनेको ६ पुगेको हो ।
हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित मनोनीत २६ जनालाई स्वागत गर्न बसेको केन्द्रीय समिति बैठकमा विषय प्रवेश गर्नुअघि डा. अरनिको पाँडेले एउटा कुरा राख्नु छ भन्दै समानुपातिकको सूचीका कारण नेतृत्वलाई अप्ठ्यारो परेको महसुस भएकोमा नाम फिर्ता लिने घोषणा गरेका हुन् । पाँडे खस आर्यतर्फ सातौं नम्बरमा थिए ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।





























प्रतिक्रिया