नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति घोषणा हुँदै, सपथ पनि आजै

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति घोषणा हुँदै, सपथ पनि आजै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुने भएको छ । गत कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

अहिलेसम्म नेकपामा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भने भएका छैनन् ।

मंगलबार केन्द्रीय समितिको घोषणासँगै भएपश्चात केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने नेकपाले बताएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

Logo