सभामुख घिमिरेद्वारा झापा -२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

सभामुख घिमिरेद्वारा झापा -२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

केन्द्रबिन्दु
9
Shares

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन् ।

आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुन लागेको जानकारी गराउँदै निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा आफूले तीन वर्षको अवधिमा सम्पन्न गरेका विकासका कामबारे विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरिएको छ ।

सभामुख घिमिरेले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गरेकाे स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको बताए । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।

“तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब रु पाँच अर्ब बराबरको बजेट व्यवस्थापन गरिएको छ”, सभामुख घिमिरेले भने, “यसले यहाँको दीर्घकालीन विकासका लागि बलियो आधार तयार गरेको छ ।”

सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गरिएको दाबी गरे ।

Logo