काठमाडौं । विशेष महाधिवेशनमार्फत नयाँ सभापति चयनको प्रक्रिया अघि बढेसँगै नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको छ । सभापति शेरबहादुर देउवा तत्काल पद नछाड्ने अडानमा रहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पछि नहट्ने अवस्थामा पुगेका छन् ।
देउवाले नियमित महाधिवेशनसम्म कुर्न आग्रह गर्दै सीमित सहकार्यको प्रस्ताव गरे पनि महामन्त्रीहरूले यसलाई अविश्वसनीय भन्दै अस्वीकार गरेका छन् । टिकट वितरण, विधान महाधिवेशनको वैधानिकता र नेतृत्वको प्रश्नले सहमतिको ढोका झनै साँघुरो बनेको छ ।
महाधिवेशन हलले नयाँ नेतृत्व चयनको बाटो रोजिसकेको छ भने कानुनी, प्राविधिक र समयसीमाको चापले नयाँ नेतृत्वलाई निर्वाचन आयोगसम्म लैजान कठिन देखिएको छ । अब कांग्रेसभित्र आजै गगन–विश्व समझदारीमा जाने कि औपचारिक फुटको निर्णय गर्ने भन्ने बाध्यतामा पुगेको नेताहरूको निष्कर्ष छ ।





























प्रतिक्रिया