काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन शीतयुद्धको अवस्थामा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले अघि सारेको आठ बुँदे प्रस्तावमा संस्थापन पक्षले औपचारिक जवाफ फर्काएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आठ बुँदमध्ये तीन बुँदा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । तीमध्ये महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको छ ।
त्यसैगरी सभापति शेरबहादुर देउवालाई निष्क्रिय बनाउने प्रस्तावलाई पनि खड्काले अस्वीकार्य भएको बताएका छन् । सभापतिलाई अपमानजनक ढङ्गले बाहिर निकाल्ने कुनै पनि सहमति मान्य नहुने उनको अडान छ ।
सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गर्ने प्रस्तावमा समेत संस्थापन पक्ष तयार नभएको जनाइएको छ । प्रस्तावित संयन्त्रले पार्टीभित्र दोहोरो सत्ता सिर्जना गर्ने जोखिम रहेको संस्थापनको निष्कर्ष छ ।





























प्रतिक्रिया