झापा, कञ्चनपुर र बझाङमा एमालेले गर्‍यो उम्मेदवार हेरफेर

झापा, कञ्चनपुर र बझाङमा एमालेले गर्‍यो उम्मेदवार हेरफेर

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले शनिबार साँझ गरेको निर्णयमा कार्यकर्ताले आपत्ति जनाएपछि हालसम्म तीन जना उम्मेदवार परिवर्तन भएका छन् ।

एमालेले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियाे । तर आज परिवर्तन गरेर एलपी सावाँ लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको हाे ।

यसैगरी एमाले उच्च स्रोतका अनुसार कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा एमालेबाट तारा लामा तामाङ नै उम्मेदवार बन्ने भएका छन् । यसअघि पार्टीले केन्द्रीय सदस्य कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तामाङ निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् । सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विना मगर उम्मेदवार बन्दैछिन् । यसअघिको चुनावमा विनालाई पराजित गर्दै ताराले जितेका थिए ।

यसैगरी एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार बनाउने भएको छ । अफिलाल ओखेडालाई उम्मेदवार बनाउने यसअघिको निर्णय सच्याउँदै एमालेले महरलाई उम्मेदवार बनाउने भएको स्रोतले जनाएको छ ।

Logo