जसपाका पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राई एमालेमा प्रवेश ओलीले गरे स्वागत

जसपाका पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राई एमालेमा प्रवेश ओलीले गरे स्वागत

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । जनता समाजवादी पार्टीका पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । जसपा पार्टीमा भविष्य नदेखेको भन्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

उनहरु पार्टी प्रवेशका लागि ओली निवास गुण्डु पुगेका थिए । ओलीले उनीहरुलाई स्वागत गरे ।

यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए। यस्तै उनीहरुसँगै वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्ष पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेशसँगै यादव एमालेले पर्सा १ मा र राईलाई बाँके २ मा एमालेले उम्मेदवारी बनाउने भएको छ ।

Logo