काभ्रेपालाञ्चोक । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ६ राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
काभ्रे क्षेत्र नं. १ मा नेकपा एमालेबाट रोशी गाउँपालिकाका अमित लामा उम्मेदवार बनेका छन्। नेपाली काँग्रेसले सोही गाउँपालिकाका गुणराज मोक्तानलाई अघि सारेको छ । नेपाली कम्युनिस्ट पार्टीबाट चौरीदेउराली गाउँपालिकाका दिनानाथ गौतम उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले चौरीदेउरालीकै मधु कुमार चौलागाईंलाई उम्मेदवार बनाएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नमोबुद्ध नगरपालिकाका नवराज सत्याल र उज्यालो नेपाल पार्टीबाट तेमाल गाउँपालिकाका योगेन्द्र लामा चुनावी प्रतिस्पर्धामा छन्।
काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेले धुलिखेल नगरपालिकाका अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसबाट पनौती नगरपालिकाका मधु आचार्य उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टीले पनौतीकै बसुन्धरा हुमागाँईलाई अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुम्लु गाउँपालिकाका बदन कुमार भण्डारी उम्मेदवार बनेका छन्। यस्तै, राप्रपाबाट धुलिखेल नगरपालिकाका रञ्जिव श्रेष्ठ र उज्यालो नेपाल पार्टीबाट बनेपा नगरपालिकाकी जोत्सना सैंजु चुनावी मैदानमा छन्।
काभ्रे जिल्लामा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उम्मेदवारहरू यतिबेला मतदाता भेटघाट, घरदैलो तथा चुनावी प्रचार–प्रसारमा सक्रिय छन्।





























प्रतिक्रिया