पर्वत । पर्वतमा नेकपाबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले १०७ बर्षिय हजुरबुबाको हातबाट टिका लगाएर आशिर्वाद लिँदै औपचारिक रुपमा चुनावी अभियानको थालनी गरेका छन् । पर्वत जिल्लाकै सबैभन्दा जेष्ठ नागरिक १०७ वर्षीय पुज्यनीय माइलो हजुरबुवा हरिदत्त तिमिल्सिनाको पूज्य हातबाट टिका, आशीर्वचन तथा आशीर्वाद ग्रहण गर्दै उम्मेदवारको चुनावी अभियान औपचारिक रूपमा सुरू गरेका हुन्। तिमिल्सिनाले आज जिल्ला निर्वाचन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराउनेछन् ।
औपचारिक रुपमा चुनावी अभियान थालेका तिमिल्सिनाले अग्रजको अनुभव, संस्कार र शुभेच्छाले भरिएको आशीर्वादले आफूलाई थप प्रेरणा र मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, “अग्रजहरूको आशीर्वाद मेरा लागि ऊर्जा र दिशानिर्देश हो। यही विश्वासका साथ जनसेवाको यात्रामा अघि बढेको छु,”
यस अवसरलाई ऐतिहासिक क्षणका रूपमा उल्लेख गर्दै तिमिल्सिनाले सम्पूर्ण शुभेच्छुक, साथीभाइ तथा आदरणीय अग्रजहरूलाई उपस्थित भई हौसला र साथ प्रदान गर्न सादर आमन्त्रण गरेका छन्। यस्तै जिल्ला स्थित सम्पुर्ण आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरुमा आफ्नो अमुल्य मत तारा चिन्हमा दिएर जिल्लाको विकासनिर्माण सँगै जनताको सेवा गर्ने अवसर प्रदान गराउन सवैमा आग्रह समेत गरेका छन् ।





























प्रतिक्रिया