आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदै

आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदै

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भएको छ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । जसमा कुल पाँच उम्मेदवारविरुद्ध मुद्दा दर्ता भएको थियो । ती सबै उम्मेदवारहरूमाथि जाँचबुझ सकिएकोले आज अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

Logo