काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन् ।
एक सञ्चारमाध्यममा प्रकाशित अध्यक्ष ओलीको अन्तर्वार्तामा भट्टराईसहितका नेताहरूले आगामी चुनाव जित्ने आधार नरहेको आशय व्यक्त भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
अध्यक्ष ओलीले अन्तर्वार्ताका क्रममा भनेका थिए— “सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक। बिन्दा पाण्डेको कुनै आधारै छैन।” साथै उनले गोकुल बाँस्कोटाका कारण कार्यकर्ता पंक्ति विभाजित भएको टिप्पणी समेत गरेका थिए ।
अध्यक्षको उक्त भनाइ सार्वजनिक भएलगत्तै उपमहासचिव भट्टराईले आफू विचलित नभएको तर नेतृत्वको बुझाइप्रति दुःखी भएको बताएका हुन् ।
“फागुन २१ सम्म पार्टीका आन्तरिक बिषयमा सार्वजनिक वहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । ‘नाे इफ, नाे बट’ म विचलित र निराश छैन । यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेन्टी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन।” उनले भनेका छन् ।





























प्रतिक्रिया