काठमाडौँ। पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्नो चुनावी अभियान अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र युवा सिप विकासमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका छन्।
उनले भने, “हाम्रो लक्ष्य केवल चुनाव जित्नु होइन, प्रविधि र ज्ञानको उपयोगमार्फत समाजका लुकेका सम्भावनाहरू उजागर गर्नु हो। आजको विकासको बाटो ज्ञान, सीप र ICT प्रयोगबाटै खुल्छ।”
उनका योजनाहरूमा ICT Hub मार्फत विद्यालयका IT Center हरूसँग समन्वय गर्दै शिक्षक तालिम दिने, विद्यार्थीहरूमा डिजिटल क्षमता अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा Telemedicine र Mobile Doctor सेवाबाट डिजिटल स्वास्थ्य सहयोग पुर्याउने, होमस्टे, रिसोर्ट र पर्यटकीय गन्तव्यको व्यवस्थापन तथा डिजिटल ब्रान्डिङ गर्ने, र कृषि क्षेत्रमा माटो परीक्षण, बाली सम्भाव्यता अध्ययन, आधुनिक प्रविधि प्रयोग र बाँदर नियन्त्रण गर्ने कार्यक्रमहरू समावेश छन्।
युवा सिप विकासमा ICT तालिम र Startup Fund मार्फत युवालाई स्वउद्यमतर्फ अग्रसर गराइने र रोजगारी सिर्जना गर्ने पुस्ता तयार पारिने योजना रहेको उनले जानकारी दिएका छन् ।
तिमिल्सिनाले आफ्नो अभियान अनुसन्धान र स्पष्ट कार्ययोजनामा आधारित रहेको बताउँदै सबै राजनीतिक दल र समुदायसँग सहकार्य र सहमतिको माध्यमबाट जिल्लाको समग्र विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका योजनाहरू ICT र प्रविधिको प्रयोगमार्फत दीगो विकास र युवाको क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले तयार गरिएको र यसले पर्वतमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ।





























प्रतिक्रिया