काठमाडौं ।
लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्न लागेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक भाेलि बस्ने भएको हो । शुक्रबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्ने छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा गत मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको अनौपचारिक बैठकले औपचारिक बैठकका लागि बिहीबारसम्म अध्यक्ष ओलीलाई पर्खिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अध्यक्ष ओलीलाई बैठकको सहमतिका लागि आग्रह गरिएको थियो ।
बिहीबार पनि ओली सहमत नभएको खण्डमा बहुमत सदस्यको औपचारिक बैठक बसेर निर्णय गर्ने तयारीमा दाहाल–नेपाल समूह रहेको थियो । तर, बैठकका लागि ओली तयार भएपछि शुक्रबारका लागि बैठक बस्ने भएको हो । गत कात्तिक २२ गते सचिवालयको बहुमत सदस्यहरुले सचिवालय बैठकको माग गर्दै लिखित पत्र प्रम एवं अध्यक्ष ओलीलाई बुझाएका थिए । उक्त प्रकरणपछि नेकपामा विवाद बढेको हो ।
यो पनि





























प्रतिक्रिया