प्रधानमन्त्री ओलीको बोली- ‘गाई कि त्रिशूल खेलेर आएका होइनौ’

प्रधानमन्त्री ओलीको बोली- ‘गाई कि त्रिशूल खेलेर आएका होइनौ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू ‘गाई कि त्रिशूल’ खेलेर आएको नभई जनताको जिम्मेवारी लिएर आएको बताएका छन् । शनिबार सांसदहरूलाई प्रशिक्षण दिनेक्रममा प्रधानमन्त्री ओलीले आफुहरु ठूलो संघर्ष र त्यागले यहाँसम्म आइपुगेको हुनाले जनतालाई धोका नदिने बताएका छन्। 

‘हामी यहाँ आएको गाई कि त्रिशूल खेलेर होइन। संघर्ष त्याग गरेर आएको हौँ, भत्ता खान मात्र होइन, हामीले जनताको जिम्मेवारी बोकेर आएका छौँ। हामीबाट जनतालाई धोका हुँदैन।’, अध्यक्ष ओलीले भने।

उनले स्वतन्त्र न्यायालय, लोकतन्त्र जनताको चाहना रहेको र लोकतन्त्रमा कुनै पनि अंग सत्ताको औजार बन् नहुने बताए । सरकारले गरेको सिफारिस सम्माननीय राष्ट्रपतिले गरेको निर्णयमा प्रश्न उठाउन जरुरी नभएको पनि उनले सुनाए।  राष्ट्रिय सभाको मनोनीत तीनजना सांसदबारे भोलि २० गते सर्वोच्च अदालतबाट अन्तिम टुंगो लाग्नेमा अध्यक्ष ओलीले विश्वास व्यक्त गरे।

आत्मविश्वासका साथ देश बनाउने दिशामा अगाडि बढेका बढेको बताउदै प्रधानमन्त्री ओलीले  अत्यन्त संकल्प, आत्मविश्वासका र देश बनाउने दिशामा आफूहरू अघि बढेको र यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । विदेशीएका युवा स्वदेशमा ल्याउने, आकर्षक रोजगारीका अवसर सिर्जना गर्ने, विकास निर्माणका काम गर्ने, खर्च हुन नसकेको पूँजिगत रकमलाई उपयोग गर्ने, कृषिमा आधुनिकता र व्यवसायिकता ल्याउनेमा जनतालाई थाहा हुने गरी काम गर्नेमा आफू लागिपरेको पनि उनले बताए ।

एमाले-माओवादी केन्द्रलाई पराजित गर्न केही तत्वहरू मुठ्ठी कसेर लागेको बताउदै उनले संकीर्ण मानसिकताबाट नभई सबैलाई समान व्यवहार गर्नेमा विश्वास दिलाए।  प्रशिक्षणका क्रममा सांसदहरूलाई अध्यक्ष ओलीले हरिभक्त कटुवालको कविताजस्तै नजिकबाट जति हेर्‍यो उति सुकिला देखिनुपर्नेमा जोड दिए। ‘सरुवा बढुवाका फाइल नबोक्नुस् देश विकासका फाइल बोक्नुस्’, उनले भने ।

Logo