बाँकेमा अस्थायी मतदाताका लागि तीन केन्द्र तोकिए

बाँकेमा अस्थायी मतदाताका लागि तीन केन्द्र तोकिए

केन्द्रबिन्दु
30
Shares

बाँके। जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र स्थापना गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौवस्ता कारागार, क्षेत्र नं २ मा बाँके कारागार, र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र राखिएको हो।

सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा रहेका सदस्य, कारागारमा रहेका थुनुवा, वृद्धाआश्रमका बासिन्दा लगायत अस्थायी मतदाताको नामावलीमा रहेका व्यक्तिले यी केन्द्रबाट मतदान गर्न पाउनेछन्।

बाँकेमा कुल २,३३८ जना अस्थायी मतदाता छन्। उनीहरूले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा भएको बैठकले निर्वाचनका लागि २,४१५ कर्मचारी सिफारिस गरेको छ।

Logo