काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टी एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई संबोधन गर्दै प्रचण्डले भने, “जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्नेछौं र सबैभन्दा बढी सिट जित्ने लक्ष्य राख्छौं।” प्रचण्डले उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए ।
अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा सवैभन्दा पहिलो पार्टी हुने दाबी गरे ।
बैठकमा सह संयोजक माधवकुमार नेपालले राजनीतिमा छलफल र सम्वाद हुन सक्ने भन्दै नेकपाको अभियान एक्लै र उत्साहका साथ चुनाव जित्ने रहेको जिकिर गरे ।
जुम बैठक बिहान ८ बजेदेखि करिब एक घण्टा चलेको थियो र सबै केन्द्रीय सदस्यहरु उपस्थित भएका थिए ।





























प्रतिक्रिया