बाँके–बर्दियामा मधेसी महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु

बाँके–बर्दियामा मधेसी महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु

केन्द्रबिन्दु
15
Shares

खजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।

महिला, कानुन र विकास मञ्च काठमाडौंको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले थारू, मधेशी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिला र १८ वर्ष पुगेका युवायुवतीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो।

बाँकेको जानकी गाउँपालिका–२ मा मधेशी महिलालाई निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतपत्र प्रयोग र मतदान प्रक्रिया सम्बन्धी जानकारी दिइयो। अधिवक्ता विश्वजित तिवारीले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो। सहभागी महिलाले अभ्यासका लागि नमूना मतदान पनि गरेका थिए।

वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले मताधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गरे भने अध्यक्ष तिवारीले प्रभावकारी मतदाता शिक्षाले मतदान सहभागिता बढाउने र बदर मत कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Logo