काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपाली जनतामा लोकतन्त्रप्रतिको विश्वास अझ बलियो बनेको जनाएको छ।
संस्थाले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दललाई जनताको विश्वासलाई जोगाउँदै सुशासनतर्फ काम गर्न आग्रह गरेको छ। लोकतन्त्रको आवरणमा हुने भ्रष्टाचार र लुटतन्त्र अन्त्य गर्न विशेष ध्यान दिन पनि सुझाव दिएको छ।
अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थमा नभई जनहितमा प्रयोग हुनुपर्ने उल्लेख गरिएको छ।
ट्रान्सपरेन्सीले युवापुस्ताको समर्थनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीसहित सबै दलका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै अब जनताले अपेक्षा गरेको सुशासन दिनुपर्ने बताएको छ।
निर्वाचनमा नागरिकले दिएको विश्वासलाई सम्मान गर्दै नयाँ संसद् र सरकारले जनतासामु गरेका वाचा पूरा गर्नुपर्नेमा पनि संस्थाले जोड दिएको छ।





























प्रतिक्रिया