काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निष्कर्षमा नपुगेपछि आज पनि जारी रहने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा बाँकी सदस्यहरूको धारणा सुन्ने काम अघि बढाइनेछ ।
अहिलेसम्म सबै केन्द्रीय सदस्यले बोल्न नपाएकाले छलफल लम्बिएको हो । मंगलबार सुरु भएको बैठकमा केही सदस्यले मात्र एजेन्डामाथि आफ्नो धारणा राखेका थिए भने बाँकीले आज बोल्ने तयारी गरेका छन् ।
बैठकमा संगठन, आगामी रणनीति र समसामयिक राजनीतिक विषय समेटिएका एजेन्डामा छलफल भइरहेको छ । यसअघि प्रस्तुत गरिएका ११ बुँदे एजेन्डामाथि सदस्यहरूले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् ।
नेतृत्वले सबैको धारणा समेटेर निष्कर्षमा पुग्ने लक्ष्य राखे पनि छलफल लम्बिँदै जाँदा बैठक अझै केही दिन जारी रहने संकेत देखिएको छ ।































प्रतिक्रिया