पतञ्जलि जग्गा प्रकरणमा अदालतद्धारा बहस नोट माग

पतञ्जलि जग्गा प्रकरणमा अदालतद्धारा बहस नोट माग

केन्द्रबिन्दु
12
Shares

काठमाडौ। पतञ्जलि जग्गा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनुवाइ प्रक्रिया अघि बढाउँदै दुवै पक्षसँग बहस नोट माग गरेको छ ।

विशेष अदालतका सदस्य हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दालाई थप स्पष्ट रूपमा अध्ययन गर्न अभियोजन र प्रतिवादी पक्षलाई लिखित बहस पेश गर्न निर्देशन दिएको हो ।

यो मुद्दा हदबन्दीभन्दा बढी जग्गा किनबेच तथा सट्टापट्टासँग सम्बन्धित छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत जग्गा कारोबार गराउन सहयोग गरिएको, गलत कागजात तयार पारिएको र त्यसमार्फत भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

यस प्रकरणमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरूसहित तत्कालीन उच्च पदस्थ व्यक्तिहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र मुख्यसचिव माधवप्रसाद घिमिरेको संलग्नताबारे अनुसन्धान भएको छ ।

सट्टापट्टामार्फत जग्गा खरिद गर्ने व्यक्तिहरू पनि मुद्दामा तानिएका छन् । अदालतले अब पेश हुने बहस नोटका आधारमा थप सुनुवाइ अगाडि बढाउने तयारी गरेको छ ।

Skip This
Skip This
Logo