काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ।
आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको हो । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकालेको छ । शल्यक्रिया सकिएको केहीबेरमा अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्ने बताइएको छ ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । तर सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।





























प्रतिक्रिया